अर्थ

ग्लोबलले बिदेशी वित्तीय संस्थासँग साझेदारी गर्ने

ग्लोबलले बिदेशी वित्तीय संस्थासँग साझेदारी गर्ने

image

कात्तिक २६ । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेसनल फाईनान्स कर्पोरेसनका क्षेत्रीय निर्देशक मेङ्गेस्तु एलिमह्युबीच भेटघाट भएको छ । भेटमा ग्लोबल आईएमई बैंक र इन्टरनेसनल फाईनान्स कर्पोरेसनबीच एक आपसमा व्यवसायिक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेसनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासीय प्रतिनिधी, रेहेना रासिद लागयतको उपस्थिती रहेको थियो । इन्टरनेसनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघसंस्थाहरुसंँगको सहकार्यमा विभिन्न संघसंस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायिक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो

Global IME bank

विशेष