अर्थ

सुनको मूल्य ४ सयले घट्यो

सुनको मूल्य ४ सयले घट्यो
कात्तिक २६ । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेकोे छ । हिजो १४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो । आज सुन प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ५६ हजार ८ सय रुपैयाँ थियो । बुधबार भने सुन एकैपटक १३ सय रुपैयाँले महंगो भएको थियो । चाँदीको मूल्य आज फेरि तोलाको २० रुपैयाँले बढेर ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

gold prize sun sastiyo sunko mulye

विशेष