यौन-शिक्षा

यौन आनन्दलाई लिङ्गको आकारले असर पार्नेः नयाँ अध्ययन

यौन आनन्दलाई लिङ्गको आकारले असर पार्नेः नयाँ अध्ययन
पूर्वीय समाजमा यौनका बारेमा खुलेर कुरा गर्न सक्दैनन् । अधिकांस मानिसहरु यौनका बारेमा धेरै चासो राख्ने गरेका छन् । युवाहरुले त आफ्नो यौन र यौनआंगका बारेमा जानकारी लिन विभिन्न माध्यम अपनाउने गरेका छन् । त्यस्तै, यौनका बारेमा बेलाबेलामा विभिन्न अध्ययनहरु भइरनै रहन्छन् । पूर्वीय देशमा भन्दा पश्चिम देशमा वढी अध्ययन हुने गरेका छन् । कतिपय चिकित्सकहरुले यौन जीवन सफल बनाउन पाट्नरबीचको सक्रियतामा भर पर्ने बताएका छन् । तर, अमेरिकामा हालसालै भएको अध्ययन अनुसार लिंगको आकारले पनि सेक्सको समयावधी निर्धारण गर्ने तथ्य पत्ता लागेको छ । क्युन्सल्याण्ड विश्वविद्यालयका मनोचिकित्सक डा।ब्रेन्डन जाइचको टोलीले गरेको अध्ययनले सो तथ्य पत्ता लगाएको हो । साधारणतया महिलाकोे योनीमा पुरुषको लिङ्ग प्रवेश गरेर वीर्य स्खलनको समयसम्मलाई यौन सम्र्पकको समय मानिन्छ तर फोरप्लेलाई पनि परिभाषित गर्न सजिलो छैन् । उनका अनुसार यो अध्ययन योनी र लिङ्गको सम्र्पक हुंदादेखि वीर्य स्खलनको समयसम्मलाई आधार मानेर अध्ययन गरिएको हो । विश्वभरबाट छानिएका ५ सय जना जोडीमा गरिएको अध्ययनमा योनी र लिङ्गको सम्र्पक हुँदा देखि वीर्य स्खलनको समयसम्मलाई स्टपवाचको सहायताले समय मापन गरिएको थियो । सहभागीले यस्तो कार्य ४ हप्तासम्म लगातार गरेका थिए । यस्तो कार्यमा ३३ सेकेण्डदेखि ४४ मिनेटसम्म स्खलित भएका थिए । सरदरमा प्रत्येक जोडीले ५।४ मिनेट आफ्नो लिङ्ग यौनीमा सम्र्पक गराएका थिए । उनीहरु सबैले कण्डमको प्रयोग गरेका थिए । तर योनी र लिङ्गको सम्र्पक हुँदा कण्डमले कुनै प्रभाव नपरेको देखायो । आम मानिसहरु कण्डमको प्रयोगले योनी र लिङ्गको सम्पर्क हुँदा सन्तुष्टि नहुने विश्वास गर्छन् । विशेष गरी १८ देखि २४ वर्षसम्मको उमेरमा कण्डमको प्रयोगले यौन सम्र्पकको समयलाई कुनै प्रभाव नपरेको पुष्टि भयो । यौनसम्र्पकको समय ५ मिनेटको भएको अध्ययनले देखाएपछि यो राम्रो कि नराम्रो भन्ने विषयमा अमेरीकी र क्यानेडियन सेक्स थेरापिष्टले गरेको अध्ययन अनुसार २ मिनेटको समयलाई एकदम छोटो समय, ३ देखि ७ मिनेटको समयलाई प्रयाप्त, ७ देखि १३ मिनेटको समयलाई मनमोहक र १३ देखि ३० मिनेटसम्मको समयलाई अति लामो भएको निष्कर्ष निकालेको छ । डा।ब्रेन्डन जाइचका अनुसार पुरुषको लिङ्गको आकारले सेक्स बेडकोे समयमा लम्ब्याउन विशेष भूमिका खेल्ने बताएका छन् । सेक्स बेडकोे समयमा ठुलो लिङ्गको घषर्ण महिलामा एक प्रकारको प्यास देखिन्छ भने महिलाको उत्तेजनाले पुरुषलाई पनि थप दबाब दिएपछि उनीहरुको मस्तिष्कले वीर्यको उत्पादनको समयलाई केहीबेर अलमलाई दिने गर्दछ । फलस्वरुप वीर्य स्खलनको समय लम्बिन पुग्छ । - एजेन्सीको सहयोगमा

sex

विशेष