अर्थ

भारतीय मुद्रा व्यवस्थापन गर्न माग

भारतीय मुद्रा व्यवस्थापन गर्न माग
कात्तिक - २६ । नेपाल चेम्बर अफ कमर्सले हालै भारत सरकारले भारु पाँच सय र एक हजार दरका नोटको कारोबारमा रोक लगाउँदा त्यसले सर्वसाधारण नेपाली र नेपालको अर्थतन्त्रमा समेत असर पर्ने भएकाले त्यसको समाधान गर्न सरोकार भएकाहरुको ध्यानाकर्षण गराएको छ । नेपाल–भारतबीचको खुला सिमाना, दुई देशबीचका नागरिकमा वैवाहिक सम्बन्ध, अनौपचारिक व्यापार, रोजगारी, निवृत्तिभरण, पर्यटन व्यवसाय, शिक्षा, औषधोपचार लगायत कारण बैंकिङ प्रणाली बाहिर पनि भारु पाँच सय र एक हजार दरका नोट रहेको बताउँदै चेम्बरले यस्ता मुद्रा समयमै सटही हुन नसके सर्वसाधारणलाई ठूलो असर पुग्न जाने औँल्याएको छ । चेम्बरले सो सम्बन्धमा आवश्यक गृहकार्य गरी सर्वसाधारणलाई आश्वस्त पार्नाका साथै मुलुकलाई आर्थिक नोक्सानीबाट बचाउन सरकार, नेपाल राष्ट्र बैंक लगायतसँग माग गरेको छ ।

nepal Chambers of Commerce

विशेष