सेयर बजारमा दुई अर्ब बढीको कारोबार
कात्तिक - २७ । धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।
कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो ।
यस्तै, मङ्गलबार पनि बजार २४ दशमलव ६३ अङ्कले घटेर एक हजार ७२४ दशमलव ४९ अङ्कमा ओर्लिएको थियो । बुधबार पनि बजार ओर्लिनेक्रमले निरन्तरता लिदै नेप्से परिसूचक एक हजार ७०० अङ्क भन्दा मुनि अर्थात् एक हजार ६९६ बिन्दुमा ओरालो लाग्यो ।
बजारमा कारोवारका हिसाबले अन्तिम दिन बिहीबार भने शुन्य दशमलव ३१ अङ्कको झिनो सुधार देखिएको थियो । १२९ कम्पनीको १० लाख ६५ हजार ३५१ कित्ता सेयर खरिदबिक्री भएको बिहीबार रु ७० करोड ८० लाख ४२ हजार २९८ को कारोवार भएको थियो ।
साताभर कुल रु दुई अर्ब ८४ करोड ५३ लाख ५९ हजार बराबरको ४० लाख छ हजार ८९० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
Share Bazar