पर्यटन

राष्ट्रपति भण्डारीद्वारा चन्द्रागिरिको भ्रमण

राष्ट्रपति भण्डारीद्वारा चन्द्रागिरिको भ्रमण
कात्तिक – २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्सको अवलोकनक गरेकी छन् । हरिबोधनी एकादशीको दिन पारेर राष्ट्रपति भण्डारी चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पुगेकी हुन् । bidhya-bhandari-1 ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा रहेका भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरिन् । bidhya-bhandari2 राष्ट्रपतिले अवलोकन भ्रमण पश्चात यस चन्द्रागिरि हिल्समा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै कम्पनी परिवारलाई हौसला प्रदान गरेको चन्द्रगिरि हिल्सले बताएको छ । bidhya-bhandari3

bidhya bhandari chandara giri hills ma rastra pati bhandari chandaragiri danda

विशेष