अर्थ

मङ्गलमूर्तिकाे निक्षेप ४ कराेड

मङ्गलमूर्तिकाे निक्षेप ४ कराेड
कात्तिक - २७ ।  मङ्गलमूर्ति बचत तथा ऋण सहकारी संस्था कोटेश्वरले गत आव २०७२-७३ मा रु चार करोड पाँच लाख निक्षेप सङ्कलन गरेकोे छ । संस्थाका आज सम्पन्न सातौँ वर्षिक साधारणसभामा संस्थाका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले उक्त आवमा रु एक करोड ४३ लाख लगानी गर्न सफल भएको जानकारी दिए । त्यसैगरी असुल भई बाँकी रहेको कर्जा रु एक करोड ११ लाख रहेको तथा फिर्ता भई बाँकी रहेको निक्षेप एक करोड आठ लाख रहेको बताइएको छ । सभाले सुवेदीकै अध्यक्षतामा नयाँ सञ्चालन समितिको चयनसमेत गरेको छ । काठमाडौँ महानगरपालिको ९, १०, ३४ र ३५ तथा कागेश्वरी मनोहरा नगरपालिका कार्यक्षेत्र रही सञ्चालन गरिएको उक्त संस्थाका ३१४ सेयर सदस्य छन् ।

banglamurti Sahakari

विशेष