अपराध सुरक्षा

कोदालो प्रहार गरी दाजुले गरे भाइको हत्या

कोदालो प्रहार गरी दाजुले गरे भाइको हत्या
कार्तिक - २७ । कञ्चनपुरको वेल्डाडीमा एक जनाको हत्या भएको छ । शनिवार दिउसो बेल्डाडि नगर पालिका ४ रतनपुरका ३५ वर्षिय लोकेन्द्र विष्टको हत्या गरेको हो । हत्यामा संलग्न भन्दै मृतक दाजु नाता पर्ने कमान सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जग्गा सम्वन्धि पुरानो विवाद रहदै आएको र शनिबार दिउसो गहुँ छर्न जोताई गररिहेका बेला दाजु कमान सिंह विष्टले भाइ लोकेन्द्रलाई कोदालो प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । नियन्त्रणमा लिएका विष्ट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । हत्या वारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिए । - सुरेस भट्ट/कञ्चनपुर

Kanchanpur kodalo prahar gari dajuko hatya

विशेष