यौन-शिक्षा

श्रीमान्–श्रीमतीले यौनका बारेमा कुन सयममा कुरा गर्दा राम्रो ?

श्रीमान्–श्रीमतीले यौनका बारेमा कुन सयममा कुरा गर्दा राम्रो ?
यौन रहस्यको विषय होईन तर पनि हाम्रा क्रियाकलाप र पारिवारिक संरचनाले यसलाई रहस्य जस्तो बनाएको छ । किशोरावस्थामा शरीरमा आउने शारीरिक, मनोवैज्ञानिक र मानसिक परिवर्तनले किशोर किशोरी यौनका विषयमा उत्सुक त हुन्छन् नै । त्यस्तै कतिपय श्रीमान् श्रीमती पनि एक आपसमा यौनका बारेमा कुराकानी गर्न लजाउँछन् । श्रीमान् र श्रीमतीबीच यौनका बारेमा खुलेर कुरा गर्न सकियो भने यौन स्वास्थ्यप्रति सचेत हुन सकिन्छ । तर यौनका बारेमा खुलेर कुरा गर्नुपर्छ भन्दैमा जुन सुकै समयमा यस्ता विषयमा कुराकानी गरे त्यसले सकारात्मक भन्दा नकरात्मक सोच र असर गर्ने यौन विज्ञहरुको मत छ । आज हामी तपाईंहरुलाई श्रीमान् र श्रीमती बीच यौनको बारेमा कुरा गर्दा कस्तो समय र कसरी कुरा गर्दा सबै भन्दा उपयुक्त हुन्छ र कुन समयमा हानिकारक हुन्छ भन्ने बिषयमा जानकारी गराउँछौं । कुन समय कसरी कुरा गर्ने त ? -दिनभरीको काम, तनाव र थकाई सकेर फ्रेस भई श्रीमान् र श्रीमतीसँगै बेडमा जानुअघि । -कुरा घुमाई फिराई हतार नगरी अनेक बहानाबनाएर कुरा शुरुवात नगर्नुस् । -यस्तो ठाँउ रोज्नुस् ताकी कसैले अवरोध नपुर्याओस् र अफ्ठ्यारो महशुस नहोस् । -मोबाइल, टीभी वा गीत बजाउन बन्द भएको समयमा । -आफुले बताउन चाहेको कुरा सुन्ने मुड छ की छैन विचार गर्नुस । -उपयुक्त समयको खोजीगर्दै हुनुहुन्छ भने पहिल्यै कौतुहुलताको सिर्जना गरी सहमत गराउनुस् । जस्तो एउटा कुरा भन्नु थियो ।  खराब समय -यौन क्रियाकलाप पछि -दुवै जना तनाव र थकित वा द्वुविधाको अवस्थामा -जब कुनै कुराले दुबै जना आश्चर्य भएको समयमा -तपाईंले मद्यपान सेवन गरेको वा कुनै कुराले ठाकठुक परेको समयमा -जब तपाँईलाई यस बिषय प्रति अनावश्यक ठान्नुहुन्छ । -एजेन्सी

sex sriman srimatile youn ka barema kun samayema kura garda ramro

विशेष