अर्थ

बजार प्रबद्र्धनमा सरकार लाग्नुपर्छ: भूमिसुधारमन्त्री पाण्डे

बजार प्रबद्र्धनमा सरकार लाग्नुपर्छ: भूमिसुधारमन्त्री पाण्डे
कात्तिक - २७ । भूमिसुधारमन्त्री विक्रम पाण्डेले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पु¥याउनुपर्ने बताएका छन् । शनिबार भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले विदेशी फर्निचरको तुलनामा नेपाली फर्निचर बलिया र गुणस्तरीय भएपनि बर्सेनि अर्बाैँ रुपैयाँको विदेशी फर्निचर नेपाल भित्रिने क्रमलाई रोक्नुपर्नेमा जोड दिए । स्वदेशमै प्रशस्त गुणस्तरीय काठ भएपनि सरकारले उदार नीति नलिँदा मलेसियाबाट महँगोमा कमसल काठ ल्याउनुपर्ने बाध्यतालाई सरकारले अब हटाउनुपर्ने बताए । फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घका अध्यक्ष सुरेन्द्र सारदाले नेपालमा चिनियाँ फर्निचरसँग प्रतिस्पर्धा गर्न धौ धौ परेको उल्लेख गरे । “विदेशी फर्निचरभन्दा स्वदेशी फर्निचर धेरै गुणा बढी गुणस्तरीय भएकाले यसको बजार प्रबद्र्धनमा सरकार लाग्नुपर्छ,” उनले भने ।

Bikram Pandey

विशेष