अपराध सुरक्षा

पूर्वमन्त्री विश्वनाथ साहलगायतका १० जनामाथि मुद्दा नचलाइने

पूर्वमन्त्री विश्वनाथ साहलगायतका १० जनामाथि मुद्दा नचलाइने
कात्तिक - २७ । जिल्ला सरकारी वकिल कार्यालयले पूर्वमन्त्री विश्वनाथ साहलगायतका १० जना माओवादी नेताविरुद्ध मुद्दा नचलाउने भएको छ । उनीहरुमाथि अपहरण तथा शरीर बन्धकको आरोप लागेको थियो । इन्जिनियर देबनन्दन मण्डलले सामान्य विवाद भएको र अपहरण तथा शरीर बन्धक नबनाएको लिखित निवेदन पेश गरेपछि उनीहरुमाथि मुद्दा नचलाउने ठहर गरेको सरकारी वकिल मनोज आचार्यले बताएको कान्तिपुरले उल्लेख गरेको छ । मण्डलले आफू कार्यरत जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ४ लहान, सिरहाको कभरिङ्ग लेटरसहित लिखित निबेदन दिएका हुन । उनले आफ्नो कार्यालयका प्रमुखले अडान नै नलिएकोले यस्तो स्थिति आएको बताए । उक्त मुद्दाका फरार अभियुक्त श्रवण यादव र रामकुमार यादवले आफै प्रहरी समक्ष बुधवार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । उनीहरुलाई सरकारी वकिल कार्यालयको आदेशमा बिहीवार अबेर राती छोडेको स्रोतले जनायो ।

Bishwonath Sah

विशेष