माच्छापुच्छ्रे बैंकको नाफा २४ करोड नाघ्यो
कात्तिक २८ । माच्छापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय अनुसार चालु आवको पहिलो त्रैमासमा २४ करोड ६९ लाख ५१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले अघिल्लो आवको सोही अवधिमा १७ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले यो अवधिमा खुद ब्याज आम्दानी अघिल्लो आवको सोहि अवधिको तुलनामा वृद्धि गरेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ करोड ९९ लाख चार हजार रहेको थियो चालु आवको पहिलो त्रैमासमा त्यसलाई बढाएर ५३ करोड ५२ लाख ७१ हजार पुर्याएको छ ।
चार अर्ब ६६ करोड ६४ लाख ३० हजार चुक्त पुँजी रहेको बैंकको अघिल्लो आवको सोहि अवधिमा तीन अर्ब १४ करोड १६ लाख ८४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको ९२ करोड सात लाख २३ हजार रुपैयाँ जगेडा कोषमा छुट्टयाएको छ ।
यो अवधिमा बैंकले तीन करोड २० लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ५४ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २१ दशमलव १७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १९ दशमलव ७३ रुपैयाँ रहेको छ ।
machhepuchre bank