अर्थ

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
कात्तिक – २८ । नेपाली बजारमा सुनको भाउ आइतबार पनि घटेको छ । गत साता शुक्रबार ५६ हजार ४ सय रुपैयाँ रहेको छापावाला प्रतितोला सुनको भाउमा ९ सय रुपैयाँ घटेको छ । बजारमा सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको ५५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउमा पनि प्रति तोला ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत हप्ता चाँदीको भाउ प्रतितोला ८ सय ४५ रुपैयाँ रहेको थियो ।

gold prize sunko mulya ghatyo

विशेष