विचित्र विश्व फोटो

चन्द्रमा ७० वर्षकै सबैभन्दा नजिक हेर्नुहाेस ९ तस्बिर

चन्द्रमा ७० वर्षकै सबैभन्दा नजिक हेर्नुहाेस ९ तस्बिर
कात्तिक २८ । सोमबार पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा ७० बर्षकै सबैभन्दा नजिक अाएकाे छ । चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिएको हो । साेमबार बेलुका देखिने जस्तै चन्द्रमा अव सन् २०३४ मा मात्र देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ । चन्द्रमा जव पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसैलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुग्ने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ । चन्द्रमा पेरिग्रीभन्दा १४ प्रतिशत बढीले पृथ्वीको नजिक रहन्छ । यसै कारणले सुपरमुनको बेलामा चन्द्रमा सामान्यभन्दा १४ प्रतिशतले ठूलो र ३० प्रतिशतले उज्यालो रहन्छ । साेमबार सााझ ५ बजेर ७ मिनेट जाादा चन्द्रमा पृथ्वीबाट सबैभन्दा नजिक भएकाे थियाे, अर्थात चन्द्रमा पेरिग्री बिन्दूमा अाएकाे थियाे । moon moon-set-over-mountains supper-moon-1 supper-moon-2 supper-moon-3 supper-moon-4 supper-moon-5 supper-moon-6 supper-moon -अन्तर्राष्ट्रिय संचार माध्यमबाट

Fullmoon Supper Moon

विशेष