अपराध सुरक्षा

कामपाका दुई इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

कामपाका दुई इन्जिनियरविरुद्ध  विशेष अदालतमा मुद्दा दायर
कात्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामहरि फुयाँलले रु दुई करोड ७३ लाख नौ हजार ३३२ भ्रष्टाचार गरेको दाबीसहित साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । फुयाँलको सम्पत्ति छानबिन गर्दा स्रोत नखुलेको पाइएकाले मुद्दा दायर गर्नुपरेको जनाइएको छ । आयोगले फुयाँल सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७१ साल फागुनसम्मको सम्पत्ति छानबिन गरिएको बताएको छ । यस्तै महानगरपालिकाका इन्जिनियर गम्भीरलाल श्रेष्ठले रु एक करोड २९ लाख ७४७ भ्रष्टाचार गरेको अभियोगमा आजैै मुद्दा दायर गरेको छ । आयोगले आज विज्ञप्ति प्रकाशन गरी सार्वजनिक सेवामा प्रवेश गरेपछि २०७१ माघसम्मको सम्पत्ति छानबिन गर्दा श्रेष्ठले आय गरेको वैध आम्दानीभन्दा अवैध आम्दानी बढी देखिएको पाइएको जनाएको छ । आयोगले सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि उनले आर्जन गरेको रकम अवैध पाएको थियो ।

bises adalat

विशेष