अपराध सुरक्षा

सर्वोच्चमा पूर्वसचिव कार्कीद्वारा लिखित जवाफ पेस

सर्वोच्चमा पूर्वसचिव कार्कीद्वारा लिखित जवाफ पेस
कात्तिक - २९ । सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेली गर्न जाँदा अवरोध गरेको आरोप लागेका पूर्वकानुन सचिव प्रमोद कार्कीले साेमबार लिखित जवाफ पेस गरेका छन् । लिखित जवाफमा अदालतलाई असहयोग गर्नेगरी आफूले कुनै पनि काम नगरेको र घटनास्थलमा खिचिएको तस्बिर तथा भिडियोमा आफू देखिन पुगेको भएपनि दोषी हो भनेर प्रमाणित गर्न नसक्ने उल्लेख गरेका छन् । म्याद तामेली गर्न कुनै प्रतिकार समूह भए÷नभएको आफूलाई कुनै जानकारी नरहेको उल्लेख गर्दै आफू अवरोध गर्न नगएको र बाटोमा हिँड्दै गर्दा के रहेछ भनी हेर्न मात्रै गएको लिखित जवाफमा उल्लेख छ । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पु¥याएकोप्रति आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीसहित पूर्वसचिव कार्कीलाई लिखित जवाफ माग गरेको थियो । सोहीअनुसार पूर्वसचिव कार्कीले लिखित जवाफ पेस गरेका हुन् । रासस

Adalat Pramod Karki

विशेष