अपराध सुरक्षा

छोरी बलात्कार गर्ने पापी बाबु पक्राउ

छोरी बलात्कार गर्ने पापी बाबु पक्राउ

कात्तिक ३० । झड्केलो छोरी बलात्कार गर्ने धादिङको खरी–४ का एक व्यक्तिलाई जिल्ला अदालत धादिङले ८ वर्ष ३ महिना जेल सजायाको आदेश दिएको छ । खरी–४ का व्यक्तिले १४ वर्षीया झड्केलो छोरीलाई २०७२ फागुन २४ गते चैनपुर(२ रामपुरको जंगलमा लगेर बलात्कार गरेका थिए ।

घटनापछि पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयका दिएको जाहेरीपछि उनलाई पक्राउ गरी पुरपक्षका लागि थुनामा राखिएको थियो । अदालतले पीडितलाई १५ हजार क्षतिपूर्ति दिन पनि फैसाला गरेको छ ।

आरोपीलाई बलात्कार गरेकोमा ८ वर्ष र हाडनातामा करणी गरेकोमा ३ महिना गरी ८ वर्ष ३ महिना जेल सजाया गर्न आदेश गरिएको हो । पीडक जिल्ला कारागारमा थुनामा छन् ।

Rape in Dhading

विशेष