नेपालीसँग भएको भारतीय नोट साट्न मानेन भारतको केन्द्रीय बैंकले
कात्तिक ३० । नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) अस्वीकार गरेको छ । यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ कागजको खोस्टा सरह हुनेछ ।
भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दलका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो । आरबिआइले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो । नागरिक दैनिकबाट