अर्थ

लाइफ ईन्स्योरेन्स कम्पनीलाई फाईनान्सियल अफ द इयर अवार्ड

लाइफ  ईन्स्योरेन्स कम्पनीलाई फाईनान्सियल अफ द इयर अवार्ड

image कात्तिक ३० ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी फाईनान्सियल ईन्टिच्यूसन अफ द इयर, ईन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । बिश्वव्यापी परामर्शदाता फो्रस्ट एण्ड सुलिभानले काठमाडौंमा आयोजना गरेको पहिलो “बिकास अन्वेषण र नेतृत्व सम्मेलन २०१६” कार्यक्रमको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो । उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झालाई प्रदान गरिएको थियो ।उक्त कार्यक्रममा अधिकृत झाले अभिकर्ताहरुको मेहेनत तथा संचालक समितिको मार्गदर्शनको प्रतिफल रहेको बताए ।

यसै वर्ष कम्पनीले न्यूबिजिनेस एज प्रा.लि. द्धारा आयोजित बेष्ट म्यानेज लाइफ इन्सुरेन्स कम्पनी अवार्ड पनि प्राप्त गरेको छ ।  कम्पनीले चालु आ.व. २०७३।०७४ को प्रथम त्रैमासिक अवधिसम्ममा बैदशिक रोजगार बीमाशूल्क समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब रु.६२ करोड हासिल गरेको तथा नविकरण बीमा शुल्क करिब रु.२०९ करोड हासिल गरि कुल बीमाशुल्क आम्दानी करिब रु.२७१ करोड हासिल गरिसकेको छ ।

Life Insorance

विशेष