अर्थ

एमएडब्लु अर्थमुभर्सले सुरु गर्यो ‘जेसीबी लाइभलिंक’ सेवा

एमएडब्लु अर्थमुभर्सले सुरु गर्यो ‘जेसीबी लाइभलिंक’ सेवा

jcv कात्तिक ३० । नेपालका लागि जेसीबी हेभी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबी मेसिनहरुलाई टाढाबाटै निगरानी र हेरचाह गर्न सकिने अत्याधुनिक ‘टेलिम्याटिक सिस्टम’ जेसीबी लाइभलिंक नेपालमा सार्वजनिक गरेको छ । ‘जेसीबी लाइभलिंक अत्याधुनिक टेलिम्याटिक मनिटरिङ सिस्टम हो जुन मेसिनहरुको निगरानी गर्न र मेसिनको उत्कृष्ट प्रयोगलाई प्रत्याभुत गर्न तयार पारिएको हो ।

नेपालमा यस्तो प्रकारको प्रविधि भित्रिएको यो पहिलो पटक हो,’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले बताए । ‘यो प्रविधिले जेसीबी मेसिनहरुको सर्भिस, अपरेसन र सेक्युरिटी ९एसओएस०बारे महत्वपूर्ण जानकारी दिन्छ ।’

जेसीबी लाइभलिंक पहिल्यै संचालनमा रहेका जेसीभी ब्याकहो लोडरहरुमा पनि रेट्रोफिटिङ गर्न सकिन्छ । अब जेसीबीका मेसिन चोरिएको खण्डमा भूउपग्रहमा माध्यमबाट ट्रयाक गर्न सकिनेछ । लाइभलिंकले मेसिन रहेको वास्तविक स्थान पहिचान गरी भूउपग्रह र मोबाइल फोन प्रविधिबाट सूचना पठाउँछ । साथै, मेसिन कति समय चल्यो, इन्धन खपत कति भयो र मेसिनको अवस्था कस्तो छ रु भन्ने जानकारी पनि यसले दिन्छ । यो सबै सुविधा वेबसाइट वा मोबाइल फोनमार्फत पाउन सकिन्छ ।

यसले मेसिनलाई प्रभावकारी र सुरक्षित ढंगले प्रयोग गर्न ग्राहकलाई मद्दत गर्छ । लाइभलिंकमा विशेष ‘जियोफेन्स’ सुविधा पनि छ । यो सुविधाले गर्दा मेसिन तोकिएको परिधिभन्दा बाहिर गएको अवस्थामा ग्राहकले तुरुन्त यसबारे जानकारी पाउनेछन् । साथै, मेसिन वर्किङ आवरभन्दा बढी चलेको खण्डमा पनि मेसिन मालिकले जानकारी पाउनेछन् । यसले मेसिनलाई अनाधिकृत प्रयोग र चोरीबाट बचाउँछ । त्यसैगरी, मेसिन नचलेको अवधि, इन्धन खपत, इन्धनको मात्रा र इन्जिन लोडबारे सूचना लाइभलिंकले दिन्छ जसले गर्दा कम संचालन खर्चमा अधिकतम उत्पादकत्व हासिल गर्न सकिन्छ । तसर्थ, लाइभलिंकले मेसिनको सर्भिस, अपरेसन र सेक्युरिटी ९एसओएस०मा महत्वपूर्ण योगदान दिन्छ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् । नेपालमा जेसीबीका ब्याकहो लोडर, ह्विल्ड लोडिङ शोभेल, ट्रयाक्ड एक्साभेटर, भाइब्रेटरी कम्प्याक्टर, स्किड स्टिर लोडर र डिलर जेनसेट लगायतका उत्पादन उपलब्ध छन् । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई बढी जोड दिँदै आएको छ जसका कारण हामीले आफूलाई नेपालकै नम्बर १ हेभि इक्विपमेन्ट ब्रान्डका रुपमा स्थापित गर्न सकेका छौं । एमएडब्लु अर्थमुभर्सले ११ वटा शाखामार्फत आफ्ना ग्राहकलाई नेपालभर सेवा दिइरहेको छ ।

JCV nepal Licking Sewa

विशेष