अपराध सुरक्षा

विशेष अदालतले दियो ल्हारक्याललाई अकुत सम्पत्ती मुद्दामा सफाइ

विशेष अदालतले दियो ल्हारक्याललाई अकुत सम्पत्ती मुद्दामा सफाइ
कात्तिक – ३० । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद ल्हारक्याल लामालाई विशेष अदालतले सफाइ दिएको छ । लामालाई अकुत सम्पत्ती आर्जन मुद्दामा सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई न्यायाधीशहरु प्रभा वस्नेत र महेशप्रसाद पूडासैनीको इजलाशले लामालाई निर्देष रहेको फैसला सुनाएको हो । लामाले अवैध रुपमा आर्जन गरेको भनी अख्तियारले दावी गरेको सम्पत्ति भन्दा धेरै सम्पत्तिको स्रोत पुष्टि गरेको भन्दै विशेषले सफाइ दिने फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३० लामा विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । उनी एमाले सरकारको नेतृत्वका बेला अर्थ राज्यमन्त्री भएका थिए । मन्त्री छँदै दोहोरो नागरिकता लिएको भन्दै विवाद चर्केपछि राजीनामा दिए । एमाओवादीबाट संविधानसभा सदस्य मनोनय भएका लामा पछिल्लोपटक बैंक लकरमा गोली भेटिएपछि विवादमा तानिएका थिए ।

lamalai safai lyarkewal lama

विशेष