अर्थ

'गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर' भन्दै राष्ट्रिय कर दिवस मनाइने

'गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर' भन्दै राष्ट्रिय कर दिवस मनाइने
कात्तिक ३० । सरकारले जनताबाट सङ्कलन गरेको कर तथा राजस्व उत्पादनमुखी काममा उपयोग गर्नुपर्ने मंगलबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले निजी क्षेत्रबाट पनि करका क्षेत्रमा विशेष योगदान गर्दै आएको चर्चा गर्दै त्यसका लागि सरकारले करमैत्री वातावरण सिर्जना गर्नुपर्ने र अशिक्षित तथा करको दायराबाट टाढा रहेकालाई पनि समेट्न तालिम र जनचेतना वृद्धि गर्नुपर्नेमा जोड दिए । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले सरकारले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मङ्सिर १ गतेलाई हरेक वर्ष राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको र यो वर्षको नारा ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने तय गरिएको जानकारी दिए । विभागले देशको विभिन्न ३० जिल्लामा ४९ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको उनले बताए । गतवर्ष ४७५ अर्ब राजस्व सङ्कलन गरेको विभागले यसवर्ष ५६६ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष अनुज अग्रवालले आर्थिक क्षेत्रमा विकास गर्न कर सङ्कलनको दायरा फराकिलो हुनुपर्ने भएकाले यसमा व्यापक सुधार गर्नु आवश्यक रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेशकुमार अग्रवाल, वरिष्ठ कर विशेषज्ञ रुप खड्कालगायतले ‘टयाक्स नेट’को विस्तार गर्न सरकार तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

antarik rajaswo bhi bhag

विशेष