गाेगंबुमा दिउँसै सामूहिक बलात्कार
कात्तिक ३० । गोगंबुमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । तीन सन्तानकी आमासमेत रहेकी महिलामाथि ४ जनाको समूहले सामूहिक बलात्कार गरेको हो ।
मेनुका थापाकाे फेसबुकबाट
ठमेलमा बसोबास गर्दै अएकी पीडित महिलालाई कक्रोग भन्ने मुखबोली भाइसहितका चार जनाले राती २ बजेको समयमा ट्याक्सिमा हालेर गोगंबु पुर्याएका थिए । गोगंबुको एक गेस्ट हाउसमा उनको सामूहिक बलात्कार भएको हो । उनका श्रीमानको ७ वर्ष अघि मृत्यु भइसकेको छ । उनी ओखलढुङ्गाबाट कामको खोजीमा काठमाडौँ आएकी हुन् । उनी ठमेलमा तीन सन्तानका साथमा बस्दै आएकी थिइन् । पीडित महिलाकी १२ वर्षीया र ७ वर्षीय छोरी छन् भने १० वर्षीय छोरा छन् । उनले ३–४ वटा घरमा भाँडा माझ्ने र कपडा धोएर कमाइ भएको पैसाले गुजारा गर्दै र छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी थिइन् । उनको बलात्कारसँगै नाककानमा लगाएका गहना र साथमा भएको पैसासमेत लुटिएको सामाजिक अभियान्ता तथा रक्षा नेपालकी संस्थापक मेनुका थापाले नेपाल आजलाई बताइन् । थापाकाअनुसार महिलाको यौनाङ्गबाट रगत आइरहेको छ । उनको शरीरका सम्बेदनशील अंगका साथै अनुहारमा चोटपटक लागेको छ थापाले जानकारी दिइन् । पीडित महिलालाई थापाथली प्रस्तुतीमा पठाएको चक्रपथ प्रहरीले जानकारी दिएको छ । डिएसपी गोबिन्द पुरीले अपराधीलाई कुनैपनि हालतमा नछोडिने बताए । उनले अपराधीलाई जनुसुकै हालतमा पनि कारवाहीको दायरामा ल्याउने उद्घोष गरेका छन् ।