नेपालको बैंकमा रहेको भारु ५ सय र हजारका नोट पनि भारतले नसाट्ने
मंसिर १ । भारत सरकारले नेपालमा रहेका पाँच सय र हजार दरका नोट नसाट्ने भएपछि करिब १५ अर्ब नेपाली रुपैयाँ बराबरको भारु अवैध हुने भएको छ । नेपालमा सीमा क्षेत्रलगायत सुदूर पश्चिमका अधिकांश पहाडी जिल्लामा नेपाली रुपैयाँभन्दा भारु नै ढी प्रचलन छ । नेपालमा सर्वसधारणसँग मात्रै छ देखि सात अर्ब भारतीय रुपैयाँ भएको अनुमान गरिन्छ ।
सुदूरपश्चिमका अधिकांश मानिस भारतमा काम गर्ने र व्यापार व्यवसाय पनि उतै भएकाले उनीहरुसँग ठूलो परिणाममा भारु भएको ती अधिकारीले बताएका छन् । सुप अन्य सीमा क्षेत्र र यहाँका उद्योगी व्यवसायीसँग भएको रकमसमेत जोड्दा नेपाली १५ अर्ब रुपैयाँ अवै हुने भएको हो । यसले नेपाली सर्वसाधारणदेखि उद्योगी व्पापारीलाई समेत समस्या भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तोसुकै परिस्थिति आए पनि प्रतिबन्धित नोटका विषयमा पुनर्विचार गर्ने अभिव्यक्ति दिएका छन् । रिजर्भ बैंक अफ इन्डियाले पनि नेपालमा रहेको कुनै पनि नोट नसाट्ने बताएको भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।
भारतीय मिडियामा नेपालमा रहेका नोट नसाटिने विषय भाइरल भइसकेको छ । तर यो विषय राष्ट्र बैंक र नेपाल सरकारले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन । यसले भारतले नेपालमा रहेको भारु नसाट्ने स्पष्ट जस्तै भएको छ । –अन्नपूर्ण पोस्ट्बाट