नेपाल बैंकर्स संघको सिईओमा अनिल शाह चयन

मंसिर १ । नेपाल बैंकर्स संघको अध्यक्षमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शाह निर्विरोध चयन भएका छन् । यसअघि उनी संघका वरिष्ठ उपाध्यक्ष थिए ।
अध्यक्ष पदको लागि कसैको उम्मेदवारी नपरेपछि उनी नै निर्विरोध चयन भएका हुन् । तथापि बुधबार हुने साधारणसभाले मात्र उनलाई औपचारिक रुपमा अध्यक्ष घोषणा गरिने बताइएको छ । अध्यक्षको कार्यकाल दुई वर्ष हुनेछ ।
Anil Shah
nepal bainker sang