अर्थ

उत्कृष्ट करदातामा आईएमई र टेलिकमसिहतलाई सम्मान

उत्कृष्ट करदातामा आईएमई र टेलिकमसिहतलाई सम्मान
मंसिर १ । कर दिवसको अवसरमा आन्तरिका राजश्व विभागले कर तिर्ने करदाता संस्थाका साथै व्यक्तिहरूलाई पनि सम्मान गरेको छ । पाँचौँ राष्ट्रिय कर दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले सबै भन्दा बढी कर तिर्ने करदाता आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल, नेपाल टेलिकमकी कामिनी राजभण्डारी, सिप्रदी ट्रेडिङका कार्यकारी अधिकृत शम्भुप्रसाद दाहाललाई सम्मान गरेका छन् । कार्यक्रममा बढी कर तिर्नेहरुमा नबिल बैङ्क, डाबर नेपाल, युनिलिभर, ओम फिड इन्ट्रष्ट्रिज, राष्ट्रिय सहकारी बैङ्क, छिमेक लघुवित्त विकास बैङ्क, लाइफ इन्सुरेन्स कर्पोरेशन,आइएमइ लगायतलाई सम्मान गरिएको छ । कार्यक्रममा अर्थमन्त्री महराले नागरिकले तिरेको कर राष्ट्र सेवा र राज्यको उन्नति तथा प्रगतिमा उपयोग हुने बताए । उनले भने, ‘कर तिर्नु सबै नागरिकको कर्तव्य हो ।’

antarik rajaswo bibhag kar diwas nepal telicome

विशेष