अर्थ

बारामा एक अर्बको धान उत्पादन

बारामा एक अर्बको धान उत्पादन
मंसिर - १ । यस वर्ष बारा जिल्लामा रु एक अर्ब २१ करोड ५६ लाख ५४ हजार बराबरको ५५ हजार दुई सय ५७ मेट्रिक टन भदैया धान उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार आव २०७२÷७३ मा किसानले १३ हजार एक सय ५६ हेक्टर क्षेत्रफलमा हर्दिनाथ–१, चैते १, चैते ४ र राधा ४ जातको भदैया धानखेती गरेका थिए । प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन उत्पादन भएको उक्त धान प्रतिक्विन्टल रु दुई हजार दुई सयदेखि रु दुई हजार तीन सयमा बिक्री भएको थियो । आव २०७१÷७२ मा १२ हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा ५२ हजार छ सय २१ मेट्रिक टन भदैया धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

Bara Rice

विशेष