अर्थ

खोटाङमा ‘विकास पत्रकारिता अक्षय कोष’ स्थापना

खोटाङमा ‘विकास पत्रकारिता अक्षय कोष’ स्थापना
मंसिर - १ । खोटाङमा ‘विकास पत्रकारिता अक्षय कोष’ स्थापना गरिएको छ । विकास निर्माणका पक्षमा कलम चलाउने जिल्लाका पत्रकारलाई प्रोत्साहन स्वरुप दिइने पुरस्कारको दिर्घकालिन श्रोत व्यवस्थाका लागि १ लाखको विकास पत्रकारिता कोष स्थापना गरिएको हो । khotang-patrakarita-puraskar-nepalaaja
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङसँगको सहकार्यमा जिल्ला विकास समितिले विकास पत्रकारिता अक्षय कोष स्थापना गरेको हो । जिल्लामा प्रतिष्पर्धी र विकासमैत्री पत्रकारितालाई बढावा दिने उद्धेश्यले विकास पत्रकारिता पुरस्कार स्थापना गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए। जिविसमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा कोष खडा गर्नका लागि प्रथम पक्षका रुपमा जिल्ला विकास समितिकातर्फबाट स्थानीय विकास अधिकारी पाण्डे र दोश्रोपक्षका रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गत फागुन २७ गते सम्पन्न २३ जिल्ला परिषदले विकासप्रति प्रोत्साहित गर्न १ लाख रुपैयाँको विकास पत्रकारिता कोष खडा गर्ने प्रस्ताव पारित गरेको थियो । जिविसले उपलव्ध गराउने रकम ‘क’ बर्गको बैंकमा खाता खोलेर जम्मा गर्ने र आउने व्याजबाट विकासका क्षेत्रमा काम गर्ने पत्रकारलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइने जनाइएको छ । जिल्लाको विकास निर्माण तथा परिवर्तनमा पत्रकारलाई हौसला प्रदान गर्नका लागि एक लाखबाट सुरु गरिएको कोषलाई क्रमशः बृद्धि गर्दै लगिने महासंघले जनाएको छ ।

Bikar patrakarita Development Journalism khotang

विशेष