अपराध सुरक्षा

हत्यारा १२ वर्षपछि पक्राउ

हत्यारा १२ वर्षपछि पक्राउ
jail मंसिर–१ । पाँचथरको फलैँचा–७ का मनिषा बेघाको हत्याको आरोप लागेका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । फलैँचा–७ कै विकास राई मंगलबार प्रहरीले पक्राउ गरेकाे हाे । मनिषा र विकासको प्रेम सम्बन्धलाई लिएर गाउँमा भेला भएको केही दिन पछि मनिषाको शव फलैँचा–७ स्थित सिंहदेवी जंगलमा फेला परेको थियो । मनिषाको हत्या हुनुभन्दा सात दिनअघि मनिषाका दाजु जीवनकुमार बेघाले बहिनी र विकासलाई घरदेखि केही तल बिहानको चार बजे एकै स्थानमा भेटेको प्रहरीको भनाई छ । मनिषाको हत्या भएदेखि नै गायव भएका विकासलाई पक्राउ पछि जिल्ला अदालत पाँचथरबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको अन्नपूर्ण पाेष्टले उल्लेख गरेकाे छ ।

killer Serial Killer

विशेष