अर्थ

यसो नगरे तपाईको एटिएम जोखिममा

यसो नगरे तपाईको एटिएम जोखिममा

atm-nepalaaja


एटिएम बुथबाट रकम निकाल्दा वरपर कतै अस्वाभाविक उपकरण वा जेन्युन पाट्स बाहेकका उपकरणहरु जडान भए-नभएको यकिन गरेर मात्रै कार्ड छिराएर पिन नम्बर इन्ट्री गर्नुहोस् । अस्वाभाविक उपकरण पाइएमा तत्काल प्रहरी अथवा सम्बन्धित बैंकलाई खबर गर्नुहोस् ।

कुनै एटिएम बुथमा अस्वाभाविक उपकरण जडान भए-नभएको यकिन गर्न एक अर्को एटिएम बुथसँग तुलना पनि गर्न सकिन्छ । एटिएम बुथभित्र विषेश गरी किप्याड नजिक प्वाल पारिएको जस्तो देपिखए सो प्वालभित्र विनहोल क्यामरा जडान गरिएको हुनन सक्छ ।

कार्डको म्यानेटिक स्ट्रिपमा रहेको डाटालाई कपी गर्न जेन्युन कार्ड स्लटबाहेक अन्य कार्ड स्लट पनि जडान नगरिएको हुन सक्छ । एक भन्दा बढी कार्ड स्लट देखिएमा सो एटिएम बुथबाट कारोबार नगर्नुहोस् ।

एटिएम बुथबाट कारोबार गर्ने क्रममा तपाईले सहि पिन इन्ट्रि गर्नु भएको छ र तपाईको खातामा पर्याप्त ब्यालेन्स पनि छ तर पनि मेसिनबाट रकम निस्कदैन भने तपाईले नक्कली कार्ड स्लटमा आफ्नो कार्ड प्रवेश गराएको हुन सक्छ । यति त्यस्तो भएको थाहा पाउनु भयो भने तत्काल अर्को एटिम बुथमा गएर पिन परिवर्तन गर्नुहोस् ।

किप्याड अस्वाभाविक जस्तो लागेमा तथा मेसिनमा राम्रोसँग फिट नभएको जस्तो लागेमा सोबाट पिन इन्ट्रि नगर्नुहोस् । बैकबाट एसएमएस अलर्ट सेवा अनिवाई लिनुहोस् ।

पिन इन्ट्रि गर्ने क्रममा कोही कसैले देखे-नदखेको यकिन गरेर मात्र कार्ड इन्र्सड गरी पिन इन्ट्रि गर्नुहोस् । हातले छोपेर सुरक्षित तवरले पिन इन्ट्रि गर्नुहोस् ।

आफूले गर्दै नगरेको कारोबारका बारेमा मोबाइलमा एसएमएस अलर्ट तथा खाताविवरणबाट देखिएमा तत्काल सम्बन्धीत बैंकमा खबर गर्नुहोस् ।  समय समयमा पिन परिवर्तन गर्नुहोस्।  आफ्नो एटिएम कार्ड सकभर कसैलाई प्रयोग गर्न नदिनुहोस् ।

ATM card ATM users Nepali Bank

विशेष