अपराध सुरक्षा

१२ वर्षपछि हत्यारा पक्राउ

१२ वर्षपछि हत्यारा पक्राउ

मंसिर २ । पाँचथरमा एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राई रहेका छन् ।

२०६१ साल भदौ १८ गते सोही स्थान बस्ने २० वर्षीया मनिषा बेघाको टाउकोमा चोट लागेको अवस्थामा फलैंचाकै सिंहदेवी जङ्गलमा शव फेला परेको थियो । प्रहरीका अनुसार मृतक मनिषाको शव फेला पर्नुअघि २०६१ भदौ ८ गते मनिषा र विकास बीचको प्रेम सम्बन्धलाई लिएर गाउँमा चर्चा चलेको थियो ।

अहिले निज विकासलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।

Death Hatraa

विशेष