पर्यटन

एडभेन्चर मन पराउनेहरुको लागि क्यान्योनिङ

एडभेन्चर मन पराउनेहरुको लागि क्यान्योनिङ
canoying-nepalaaja
मंसिर - २ । एडभेन्चर(साहसी काम) गर्न मन पराउनेहरुको लागि अहिले ‘क्यान्योनिङ’ नयाँ अवसर बनेर आएको छ । विभिन्न ट्राभल संस्थाहरुले यसको उजागर गरिरहेका छन् । पछिललो समयमात्र धेरै संख्यामा मानिसहरुले क्यानयोनिङ गरेका छन् । विशेषगरि कयान्योनिङमा कम्मरमा डोरी बाँधेर झरनाबाट खसिन्छ । गहिरा गल्छीमा झरेर क्यानयोनिङ गरिन्छ । हाल जलबिरेमा अत्याधिक मात्रामा क्यान्योनिङ गरिरहेको पाइएको छ । यसमा बन्दिपूरका गुफालाई पनि अवलोकन गर्न सकिन्छ । क्यान्योनिङ गर्नको लागी बीस हजार रुपैँया खर्च लाग्ने गरेको बताइन्छ । बीस हजारमा गुफाको परिक्रमा गर्ने र रिभर गाइडसमेतको मूल्य जोडिएको हुन्छ । क्यान्योनिङमा अन्नपूर्ण हिमश्रंखलाको साथसाथै सुन्दर खेतहरु र ग्रामीण भेगको पनि अवलोकन गर्न सकिन्छ । वास्तावमा क्यानयोन, केभ र क्लायम्ब ट्रिपलाई एकै भाषामा क्यानयोनिङक भनिएको हो । क्यान्योनिङ गर्नका लागि यी कुराहरुमा ध्यान दिन सकिन्छ कपडा — शरिरमा सहज हुने खालको फिट लुगा लगाउनु पर्ने छ । स्पोर्ट जुत्ता लगाउनुपर्छ । सनग्लास, घामबाट छाला बचाउने क्रिम, फेर्ने लुगा, पैताला छोपिने जुत्ता, आफ्नो लागि पैसा आदि अनिवार्य रुपमा बोक्नुपर्छ ।

Canyoning Jalbire

विशेष