अर्थ

आईएमईलाई उत्कृष्ट करदाता सम्मान

आईएमईलाई उत्कृष्ट करदाता सम्मान
ime-nepalaaja
मंसिर - २ ।  रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आईएमईले उक्त सम्मान पाएको हो । रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१÷७२ मा सबैभन्दा बढी कर तिरे वापत नेपाल सरकारका अर्थमन्त्री श्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष श्री चन्द्रप्रसाद ढकाललाई सम्मान गरे । आईएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउदै आएको छ । स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा÷सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

IEM Krishna Bahadur Mahara

विशेष