अर्थ

भारु साट्न नपाउँदा व्यापारी समस्यामा

भारु साट्न नपाउँदा व्यापारी समस्यामा

मंसिर ३ । नक्कली नोटबाट छुटकारा पाउन भारत सरकारले पाँच सय र एक हजार दरका नोट बैंकमा तानेपछि त्यसको असर चितवनका व्यवसायीमा समेत परेको छ । भारतीय नोट साट्न नपाउँदा यहाँका व्यवसायी समस्यामा छन् । विशेषगरी भारतका विभिन्न सहरमा पुगेर थोकमा सामान खरिद गरी ल्याउने व्यवसायी भारतीय नोट साट्न नपाउँदा समस्यामा परेका छन् ।

चितवनमा कपडा, खाद्यान्न, सवारीसाधन, मोबाइल र विद्युतीय सामग्री भारतबाट आयात हुने गरेको छ । ठूलादेखि साना व्यापारीसम्मले आफ्नो हैसियतअनुसार भारतीय रुपैयाँ लिएर कारोबार गरेका छन् ।

नेपालमा भारतीय रुपैयाँ जम्मा पारेर भारतमा गएर सामान खरिद गर्ने व्यवसायीलाई अहिले भारतीय नोट टाउको दुखाइको विषय भएको छ । एक्कासी भारत सरकारले पाँच सय र एक हजारका नोट कारोबार नगर्न सूचना जारी गरेपछि यहाँका व्यवसायी कसरी ती नोट साट्ने भन्ने चिन्तामा परेका छन् ।

‘कपडा खरिद गर्न केही भारतीय नोट राखेको थिएँ, अहिले त्यसलाई कसरी साट्ने भन्ने चिन्ता लागेको छु, कपडा व्यवसायी गणेश सापकोटाले भने, ‘आफूसँग भएको पैसाले काम गर्न नपाएपछि व्यवसाय चलाउन गाह्रो भएको छ । पैसा छ तर कारोबार हुँदैन ।

भारतले ठूला नोटलाई बन्देज गर्दा आफ्नो व्यापारमा असर परेको नारायणगढका कपडा व्यवसायी लक्ष्मीनारायण श्रेष्ठ बताउँछन् । ‘हामीसँग भएका केही भारतीय नोट साट्न पाएका छैन,  उनले भने, ‘सरकारले नेपालीसँग भएको पाँच सय र हजारका भारतीय नोट नेपालमै साट्न पाउने व्यवस्था गर्नुपर्छ ।

अन्नपूर्ण

IC

विशेष