साहित्य आज

‘शहीद, शहर, गरीब, कानून’ यसरी लेख्दा पनि शुद्ध नै हुने, भाषा पुरानै शैलीमा फर्कियो

‘शहीद, शहर, गरीब, कानून’ यसरी लेख्दा पनि शुद्ध नै हुने, भाषा पुरानै शैलीमा फर्कियो

protest-cardboards-nepalaaja


मंसिर ३ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको पुरानै वर्ण विन्यास चलाउने निर्णय गरेको छ । भाषाका विषयमा विवाद बढेपछि प्रज्ञा परिषदको बैठकले २०४० सालमा प्रकाशित नेपाली बृहत शब्दकोषलाई मानक मानेर आतन्तुक र तद्भव शब्दको व्यवस्थापनमा परिवर्तन भएका शब्दहरुका प्रविष्टिलाई विकल्प मानेर चलाउने निर्णय गरेको हो । प्रतिष्ठानको निर्णयअनुशार अब फेरि शहीद, शहर, गरीब कानून लेख्न सकिनेछ । यस्तै संयुक्त व्यञ्जन वर्ण विशेषगरी द वर्णसँग जोडिएका व्यञ्जनको खट्टा काट्ने चलनलाई सच्याई संयुक्त व्यञ्जन (बुद्ध, युद्ध, द्वन्द्व, विद्या) नै लेख्ने निर्णय भएको छ । ‘अन्य वर्णबाट बनेका संयुक्त व्यञ्जन प्रयोग भएका प्रविष्टिलाई नेपाली बृहत शब्दकोशका २०५८, २०६७ का प्रविष्टि अनुकूल राख्ने, प्रज्ञाको कात्तिक ३० गतेको निर्णयमा भनिएको छ । कान्तिपुर दैनिकबाट

puranai vasama

विशेष