अर्थ

थाहा पाउँनुहोस्, कुन देशसँग कति छ सुन

थाहा पाउँनुहोस्, कुन देशसँग कति छ सुन

gold कुनै देश कति धनी छ भन्ने कुराको आँकलन त्यो देशसँग भएको सुनको भण्डारणबाट मूल्यांकन गरिन्छ । सुन उवलब्धताका आधारमा सम्बधित देशको मुद्राको मजबुती वा कमजोरी निर्धारण हुन्छ । यस आधारमा हेर्दा संसारमा सबैभन्दा बढी सुन अमेरिकामा रहेको देखिन्छ । अमेरिकासँग सञ्चित सुनको परिणाम ८ हजार १ सय ३३ दशमलब ५ टन रहेको छ । अमेरिकालाई पछ्याउने जर्मनीसँग ३ हजार ३ सय ८१ टन सुन रहेको छ । तेस्रो नम्बरमा इटालीसँग २ हजार ४ सय ५१ सुन छ भने चौथो नम्बरमा रहेको फ्रान्ससँग २ हजार ४ सय ३५ दशमलब ७० टन सुन छ ।

सो सूचीमा हाम्रो छिमेकी चीन पाँचौ नम्बरमा छ । चीनसँग १ हजार ७ सय ९७ दशमलब ५ टन सुन छ भने छैटौं नम्बरमा रहेको रुससँग १ हजार ४ सय ६० दशमलव ४ टन सुन छ । बैकिंङ कारोबारका लागि संसारमै नाम कमाएको स्विट्जरल्याण्ड उक्त सूचीको सातौं स्थानमा छ । जोसँग १ हजार ४० टन सुन छ भने आठौं नम्बरमा जापान रहेको छ । जापानसँग ७ सय ६५ टन सुन छ । त्यस्तै नबौं नम्बरमा नेदरल्याण्ड रहेको छ जोसँग ६ सय १२ दशमलब ५ टन सुन रहेको छ ।

यो सूचीको दसौं नम्बरमा हाम्रो छिमेकी देश भारत रहेको छ जोसँग ५ सय ५७ दशमलब ७० टन सुन रहेको छ ।

gold Gold in World

विशेष