अपराध सुरक्षा

फ्रान्समा लुटिइन् मल्लिका सेरावत

फ्रान्समा लुटिइन् मल्लिका सेरावत

mallika-sherawat-pictures-10 मंसिर ३ । बलिउड अभिनेत्री मल्लिका सेरावतलाई उनको पेरीस स्थीत अपार्टमेन्टको अगाडी तीन जना नकापधारीले पिट्नुका साथै लुटेका छन् । फ्रन्सको अखबार (ले पेरिसीयन)को टेलिग्राफले बताए अनुसार बदमासहरुले ४० वर्षिय अभिनेत्री सेरावत र उनको ब्वईफ्रेण्ड माथि अश्रु ग्यास प्रहार गरेर मुक्का हान्दै हमला गरेका थिए ।

मल्लिका र उनको ब्वईफ्रेण्ड माथी राती नौ बजेर ४० मिनेटको समयमा हमला भएको थियो । अभिनेत्री मल्लिका सेरावतका अनुसार नकाबधारीहरुले केही नबोलीकन अश्रु ग्यास छोडेर कुटिएका थिए । उनिहरुलाई कुटेपछि नकाबधारीहरु फरार रहेका छन् । घटना पछि मल्लिकाले प्रहरीमा खबर दिएकी थिईन् । अहिले सम्म घटनामा संलग्न अपराधीहरुको पहिचान खुलेको छैन तर छानबिन भने भईरहेको जानकारीमा रहेको छ ।

Mallika serawat

विशेष