अर्थ

साताको अन्तिम दिन सुन ६ सयले घट्यो

साताको अन्तिम दिन सुन ६ सयले घट्यो

gold मंसिर ३ । सुन आज शुक्रबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ । केही दिनदेखि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ ।  सुन आज ६ सय रुपैयाँ घट्दै तोलाको ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ थियो ।

gold price

विशेष