अर्थ

कम्पनी ऐन संशोधन विधेयक प्रस्तुत, घरमै बसेर उद्योग दर्ता गर्न सकिने

कम्पनी ऐन संशोधन विधेयक प्रस्तुत, घरमै बसेर उद्योग दर्ता गर्न सकिने
bicc
मंसिर - ३। व्यवस्थापिका–संसद्को शुक्रबार बसेकाे बैठकमा कम्पनी ऐन (पहिलो संशोधन) विधेयक, २०७३ प्रस्तुत भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उक्त विधेयक प्रस्तुत गर्दै जनताले घरमै बसेर बिद्युतीय माध्यमबाट पनि उद्योग दर्ता गर्न मिल्ने तथा विदेशी लगानीलाई आकर्षित गर्ने प्रावधान विधेयकमा भएको जानकारी दिए । उनले विकसित मुलुकको उदाहरण हेर्दा आर्थिक समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको बताउँदै उहाँले विदेशी लगानीको माध्यमबाट स्वदेशमा रोजगारी बढ्ने अपेक्षा गरे । विधेयक प्रस्तुत गर्ने प्रस्तावको विरोध गर्दै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले सो ऐनले विदेशी प्रभुत्व बढ्ने र सरकारको जिम्मेवारी कम हुँदै जाने बताइन् । उनले सो विरोधको सूचना बैठकले अस्वीकृत गरेको थियो ।
 

nabindra raj joshi

विशेष