पर्यटन

मध्य र सुदूरपश्चिमी पर्यटकीय स्थल चिनाउन प्रदर्शनी

मध्य र सुदूरपश्चिमी पर्यटकीय स्थल चिनाउन प्रदर्शनी
मंसिर–३ । मनघरी फाउन्डेशन र घुमफिर नेपालले काठमाडौँको भृकुटीमण्डपस्थित नेपला पर्यटन बोर्डमा फोटो तथा भिडियो प्रदर्शनी आयोजना गरेको छ । मध्य र सुदूरपश्चिमका पर्यटकीय स्थललाई चिनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको लागि पत्रकार भरतबन्धु थापाले फोटो तथा भिडियो खिचेका हुन् । मध्यपश्चिका १५ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुको ५० वटा तस्वीरहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा बिशेष गरी आन्तरीक पर्यटकहरुको रोजाईमा परेको रारा, जुम्ला, दैलेख, बर्दिया, खप्तड, बडिमालीका, स्वर्गद्वारीलगायतका स्थानका तस्विर तथा भिडियो राखिएको छ । सुदूरपश्चिमका पदयात्रा, सँस्कृति लगायतलाई समेटेर तयार पारिएका १० वटा भिडियो प्रदर्शनीमा राखिएको छ । यही मंसिर २ गतेदेखि सुरु भएको प्रदर्शनी ५ गते सम्म रहने छ ।

sudhur pachim

विशेष