अर्थ

२५ हजारसम्मको सटही सुविधा दिन भारत सकारात्मक

२५ हजारसम्मको सटही सुविधा दिन भारत सकारात्मक
Hand with Indian thousand rupee notes

मंसिर–४ । कालो धन र नक्कली नोटको सटही हुँदैन भन्नेमा भारत विश्वस्त भए २५ हजार भारुसम्म सटही सुविधा दिन सक्ने भारतीय दूतावासले संकेत गरेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

‘भारतले नै नेपाल आउजाउ गर्ने नेपाली वा भारतीयलाई २५ हजार भारुसम्म नगद बोकेर आउन सुविधा दिएकाले त्यो रकम सटही सुविधा दिनु उसको दायित्व हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘तथापि, आफ्नो मुद्राबारेको अन्तिम निर्णय गर्ने अधिकार पनि उनीहरुसँगै छ ।’ –नयाँ पत्रिकाबाट

विशेष