अर्थ ओटोमोबाइल

गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले

गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले

मंसिर ४ । नाफा लिनुको पनि एउटा हद हुन्छ । त्यो सबै हद नेपालमा बिक्री हुने बजाज कम्पनीका मोटरसाइकलले पार गरेका छन् । बजाजका मोटरसाइकलहरु नेपालमा हंसराज हुलासचन्द गोल्छा एन्ड कम्पनी प्रा.लीले बिक्री गर्छ । उसले बिक्री गर्ने मोटरसाइकलमा २३ प्रतिशतदेखि ४१ प्रतिशतसम्म नाफा राखेर बिक्री हुने गरेको छ । कम्पनीका मालिका शेखर गोल्छा भने हिसाब गर्न नजानेर ४१ प्रतिशत नाफा देखिएको दाबी गर्छन् । उनले विभिन्न कर तिर्नु पर्ने भएकोले नाफा कम हुने बताएका थिए ।

गोल्छाले २ सय सिसीको पल्सर मोटरसाइकल बेच्दा एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिन्छ । एउटै मोटरसाइकलबाट यति धेरै नाफा असुलेपछि बेहिसाब नाफा कमाउने कुरामा कुनै शंका नै रहेन । एउटै मोटरसाइकलबाट ७६ हजारसम्म नाफा राखेको थाहा पाएपछि कतिपय सचेत ग्राहकहरु भने गोल्छा एन्ड कम्पनीसँग रुष्ट छन् ।

नाम उल्लेख नगर्ने शर्तमा काठमाडौंका एक सो रुम सञ्चालकले भने, ‘हामीले पाँच प्रतिशतमा काम गर्ने हो । ७६ हजार नाफा हामी एक्लैले खाएको सम्झेर केही ग्राहकले त तनाब नै दिए । बास्तविकता पचाउन शुरु शुरुमा मानिसहरुलाई गाह्रो हुँदोरहेछ ।’

ती सोरुम सञ्चालकले २० प्रतिशत नाफामा त कसैले पनि काम नगर्ने बताए । उनले भने, ‘२० प्रतिशत नाफाले त कहिले पैसा कमाउनु ? पार्ट पुर्जासमेत गरेर त ५०–६० प्रतिशत कम्पनीले बसाउला ।’

नेपाल आजलाई प्राप्त खरिद मूल्य, भन्सार मूल्य र बिक्रि मूल्यको हिसाव गर्दा ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिएको देखिन्छ । हिसाव प्रष्ट छ, गैरकानूनीरुपमा बजाजले बाइक बिक्री गरिरहेको छ ।

discover-125-drum-nepalaaja

डिस्कभर १२५ ड्रम बाइकमा ४१ प्रतिसत नाफा हंसराज कम्पनीले असुल्ने गरेको छ । १ लाख २२ हजार पाँच सय १० मा (राजस्वसहित) ल्याएको बाइक कम्पनीले एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ ।

गोप्य विवरण आनुसार डिस्कोभर १५० ड्रममा कम्पनीले ३६ प्रतिसत नाफा खाने गरेको छ ।

त्यस्तै पल्सर २०० आरएस बाइकमा २३ प्रतिसत नाफा देखिएको छ । पल्सर, पलाटिना र डिस्कभर वाइकलगायतका अन्यमोटरसाईकलमा २० प्रतिसत भन्दा बढी नाफा देखिन्छ । प्रज्ञापन पत्र मा उल्लेखित मुल्यमा भन्सार महसुल जोड्दा कर सहित को मूल्य हुन्छ । बिक्रि मूल्य बाट कर सहित को मूल्य घटाउदा कम्पनि को नाफा निस्किन्छ । मोटरसाईकलमा नेपाल सरकार ले १०३ प्रतिसत भन्सार महसुल कायम गरेको छ । यसरी हिसाब गर्दा, पल्सर २२० स्ट्रीट फाइटरमा ७६ हजार दुई सय ४४ रुपैयाँ र डिस्कोभर १५० ड्रममा ४१ प्रतिसत अर्थात पचास हजार तीन सय उनानब्बे रुपैयाँ नाफा देखिन्छ ।

हंसराज हुलासचन्द गोल्छा एंड कम्पनी प्रालीले बार्षिक करिब ५५ हजारमोटरसाईकल बित्रीm गर्ने गरेको सरकारी तथ्यांकले देखाउँछ । नेपाल आजले विभिन्न डिलरसँग गरेको सर्बेक्षणअनुसार डिलरले एउटा मोटरसाईकलमा करिब ५ प्रतिशत कमिसन पाउँछन् ।

bajaj-price-list-nepalaaja


यही ५ प्रतिशत कमिसन बाट आफ्नो नाफा, प्रशासनिक खर्च, आदि धान्नु पर्ने गुनासो बजाज डिलरवालाको छ । उनीहरुले मोटरसाईकल आफ्नो शो रूममा झार्न भने बैंक ग्यारेन्टी गर्नु पर्ने हुन्छ । हैसियतआनुसार उनीहरुले मोटरसाईकल बिक्री गर्ने कोटा पाउने गर्दछन् । कम्पनीले धेरै प्रतिशत नाफा ग्राहकबाट लिने गरेको तर त्यसको थोरै हिस्सा मात्रै आफूहरुलाई दिने गरेको डिलरवालाको दुखेसो छ ।


र यो पनि,


► पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

► पल्सरमा उपभोक्ता लुटेको पैसाले गोल्छा अर्गनाइजेसनले उद्योग नै खोल्ने भयो

Pulsar

विशेष