अपराध सुरक्षा

कर्मचारीको मिलेमतोमा बंगलादेशी नागरिकले नागरिकता र पासपोर्ट बनाएको खुलासा

कर्मचारीको मिलेमतोमा बंगलादेशी नागरिकले नागरिकता र पासपोर्ट बनाएको खुलासा

nagrikta मंसिर ५ । कर्मचारीकै मिलेमतोमा ६ जना बंगलादेशी नागरिकले नेपाली नागरिकता र पासपोर्ट बनाएको खुलेको छ । १९ कात्तिकमा नेपाली नागरिकतासहित पक्राउ परेका ६ जना बंगलादेशीमाथि अनुसन्धान गर्दा यस्तो खुलेको हो । पैसाको लोभमा गैरनेपालीलाई झुटो विवरण बनाएर जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नागरिकता र पासपोर्ट बनाउने गिरोहले बंगलादेशी नागरिकको नागरिकता र पासपोर्टसमेत बनाएको अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तो नागरिकता बनाउने समूहले गैरनेपालीबाट जनही एकदेखि दुई लाख रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ । सो समूहले लिएको रकममध्ये ७० हजार रुपैयाँ नागरिकताको कार्ड र स्टिकर तथा नागरिकता लिने व्यक्तिको विवरण मिलाएबापत सम्बन्धित फांटका कर्मचारीलाई दिने गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

नागरिकता प्रमाणपत्र हात लागेपछि गैर नेपालीले नेपाल सरकारबाट जारी हुने पासपोर्ट लिन छुट्टै रकम खर्च गर्ने गरेको प्रहरीले जनाएको छ ।

नयां पत्रिका

Bangaladesi Nagrik

विशेष