अर्थ

पर्वतारोही पण्डितलाई आइएमई बैंकले एक लाख नगद सहित सम्मना गर्यो

पर्वतारोही पण्डितलाई आइएमई बैंकले एक लाख नगद सहित सम्मना गर्यो

Sanjaya Pandit

मंसिर ०६ । अफ्रिकाको सर्वोच्चशिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्चशिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत विक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा रु. १००, ००० (अक्षेररुपी एक लाख ) सहित सम्मान गरेको छ ।

सम्मानकार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्धनिर्देशक हेमराज ढकाल, आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल, ग्लोबल आईएमई बैंकका प्रमुखकार्यकारी अधिकृत अनिलज्ञवाली र आईएमईका प्रमुखकार्यकारी अधिकृत श्रीसुमन पोखेरेलको उपस्थिती रहेको थियो ।

सम्मानकार्यक्रममा अध्यक्षले पण्डित सहासी व्यक्तित्व भएकाले हामी सबैले उनको नेपाललाई विश्वमा चिनाउने अभियानलाई सक्दो सहयोग गर्नुपर्ने बताउदै आगामी अभियानको लागि थप सफलताको पनि कामना गरे ।

पण्डित सर्वोच्चशिखर सगरमाथा,आठौ ठूलो पर्वत मनास्लु ,युरोपको सर्वोच्चशिखर एलब्रस, जापानतथा अमेरिकी सर्वोच्चशिखरको सफलआरोहण गरी सकेका छन् । उनले सर्वोच्चशिखर सगरमाथा सहितअन्य सम्पूर्ण हिमालमा आईएमई लोगा ेअंकित झण्डा फहराउन सफलभएका छन् । पण्डित एन्ट्राटिकाको सर्वोच्चशिखर आरोहणको सिलसिलामा रहेका छन् ।

Sanjaya Pandit

विशेष