अर्थ

एनसेलले ल्यायो २५ पैसामा ‘एकमा दुई अफर’ भ्वाईस सेवा

एनसेलले ल्यायो २५ पैसामा  ‘एकमा दुई अफर’ भ्वाईस सेवा

मंसिर ६ । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहककालागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रतिमिनेटमा एनसेलको अन्य नम्बरमा कल गर्न सक्ने छन् ।

ncellयो योजना आजवाट लागु भएको छ । यस योजना अन्र्तगत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसमा ११ रुपैयाँमा ११ मिनेट टक टाईम भएको दैनिक भ्वाईस प्याकको खरिदमा अब ग्राहकले २२ मिनेट टक टाईम प्राप्त गर्नेछन् जुन २४ घण्टाको लागि मान्य हुनेछ ।

साप्ताहिक भ्वाईस प्याकमा ग्राहकले ६० रुपैयाँमा सात दिनको समय सिमा भएको १४० मिनेट टक टाईम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेटपाउने गरेकाछन् । त्यसैगरी, मासिक भ्वाईस प्याकमा अब ग्राहकल २ सयमा ४ सय मिनेट नभई ८ सय मिनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसरी ग्राहकले अब मासिकभ्वाईस प्याक खरिद गर्दा २५ पैसा प्रतिमिनेट सम्ममाकलगर्न सक्नेछन् । भ्वाईस प्याककामुल्यहरु कर सहितका हुन् ।

ग्राहकले आफ्नो भ्वाईस सेवाको आवश्यकताअनुसार युएसएसडी, आईभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरि ‘एकमादुई अफर’ लाभलिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिकभ्वाईस प्याककालागि १, साप्ताहिकभ्वाईस प्याककालागि २ र मासिकभ्वाईस प्याककालागि ५ थिचेर यो सेवा सुचारु गर्न सक्नेछन् । युएसएसडीबाट सेवा सुचारु गर्नग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरि आफुलाईचाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी, एसएमएस मार्फत भ्वाईस प्याक खरिद गर्न ग्राहकहरुले दैनिकभ्वाईस प्याककालागि ११, साप्ताहिक भ्वाईस प्याककालागि ६० र मासिकभ्वाईस प्याककालागि २०० टाइप गरी १७११८ माएसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् ।

Ncell

विशेष