भारु ५ सय र १ हजार दरका नोट सटही गरिदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ
मंसिर – ६ । भारु ५ सय र १ हजार दरका नोट सटिदिन्छु भनी लाखौँ ठगी गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । महाशाखाले ठगीमा संलग्न हरेकृष्ण साहलाई पक्राउ गरेको हो ।
भारत पश्चिम बंगाल सितलकोची कोचबिहार घर भई हाल कलंकी बस्ने ४१ वर्षीय साहले भारतीय नोट भारु ५ सय र भारु १ हजार दरको नोट सजिलैसँग साटिदिन सक्छु भन्दै विभिन्न ब्यक्तिबाट लाखौँ रुपैयाँ असुलीका थिए ।
साहले अब्दुल रहिमसँग एकमुष्ठ ५० लाख रुपैयाँ गठी गरेको महाशाखाले जनाएको छ । उनले भारतीय २० लाख भारतीय र नेपाली १६ लाख ५० हजार मागी एकमुष्ट ५० लाख नेपाली दिन्छु भन्दै विश्वास दिलाई ठगी गरेको महाशाखाले जनाएको छ ।
रहिमले दिएको अजुरीका आधारमा महाशाखाबाट खटिएको टोलीले साहलाई कलंकीबाट गत शुक्रबार पक्राउ गरेको हो । साहलाई पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको जनाएको छ ।
Jail
Thagi