संवैधानिक पद धारण गरेको व्यक्ति बैंकको सञ्चालक बन्न नपाउने

मंसिर ६ । संवैधानिक पद धारण गरेका व्यक्ति अबदेखि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने भएका छन् ।
व्यवस्थापिका–संसद्, अर्थ समितिको बैठकले पारित गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) मा उक्त व्यवस्था गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए ।
संवैधानिक पद धारण गरेका व्यक्ति अब बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् ।
Bank