अर्थ

स्कुसबाट बीस लाख आम्दानी

स्कुसबाट बीस लाख आम्दानी
eskusमंसिर ९ । एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले राम्रो आम्दानी गर्दै आएका छन् । यस वर्ष मात्रै उनले एक हजार ४०० क्विन्टल स्कुस बिक्री गर्न सफल भएका हुन् । झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उनले स्कुस बिक्री गरेका हुन् । सुरुवातमा तामाङले प्रतिमन रु एक हजार २०० मा बिक्री गरेका थिए । पन्ध्र रोपनी जमिनमा उनले व्यावसायिक रुपमा स्कुसखेती गर्दै आएका छन् । ऋण काढेर रु २० हजारको लगानीमा तरकारी खेती गरेका उनले स्कुस बेचेर १८ रोपनी जमिन किन्न सफल भएका छन् । “यस वर्ष मुन्टा बिक्रीबाट मात्रै रु ३० हजार आम्दानी भयो,” उनले बताए । गत वर्ष स्कुसको जरा बिक्री गरी उनले रु एक लाख २० हजार आम्दानी गरेका थिए । सूर्योदय नगरपालिका– ९ का अधिकांश किसानले स्कुसबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाका प्रत्येकले कम्तीमा तीन रोपनीदेखि २० रोपनी जमिनमा स्कुसखेती गर्दै आएका छन् । यातायातको सहज सुविधा भएको उक्त वडामा स्कुस खरिद गर्नका लागि व्यापारी घरैसम्म पुग्ने गरेका स्थानीयवासी मात्रिका दाहाल बताउँछन् । चियाखेतीलाई पनि सँगसँगै अंगालेका उक्त क्षेत्रका किसानको आर्थिक अवस्था उकास्न स्कुसखेतीले मद्दत पु¥याएको छ ।

विशेष