अपराध सुरक्षा

कैदकाे फैसला भई फरार प्रतिवादी पक्राउ

कैदकाे फैसला भई फरार प्रतिवादी पक्राउ
मंसिर - १० । हाडनाता करणी मुद्दामा कैदकाे फैसला भइ फरार रहेका एक ब्यक्तिलाई पक्राउ गरेकाे छ । ललितपुर गोदाबरी नगरपालिका–८ बस्ने नुवाकोट कल्याणपुर गाबिस–१ का ४१ वर्षीय रेवकुमार खातीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर बडीखेलबाट बिहिबार पक्राउ गरेको हाे । २०५० असार १ गते एक महिलाको स्वास्थ्य परीक्षण गर्दा गर्भ रहेको फेला परेको र उक्त गर्भ प्रतिबादी रेवकुमारको हाडनाता करणीको कारणले हुन गएको भन्ने ठहर भए अनुसार नुवाकोट जिल्ला अदालतको फैसलाले २०५१ बैशाख ५ गते उनलाई ३ बर्ष कैद हुने सजाय गरेको थियो । पक्राउ परेका खातीलाई प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।

विशेष