अर्थ

रोजगारी सिर्जनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक

रोजगारी सिर्जनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक
मंसिर - १० । उद्योगमन्त्री नवीन्द्रराज जोशीले दक्ष नेपाली युवालाई विदेशिन नदिन उपयुक्त रोजगारी सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय निकायको सहयोग आवश्यक रहेको बताएका छन्। अस्ट्रियाको भियानामा जारी संयुक्त राष्ट्रसङ्घ उद्योग विकास सङ्गठनको औद्योगिक विकास बोर्डको ४४औँ बोर्ड बैठकलाई आज सम्बोधन गर्दै मन्त्री जोशीले निर्यातमा भइरहेको अवरोधलाई हटाई दिगो आर्थिक रुपान्तरणमा सरकार लागेको बताए । उनले भने, “दिगो विकासमा अन्तर्राष्ट्रिय संस्थाको साथ र सहयोग रहने नेपाल सरकारको अपेक्षा छ ।” छलफलमा अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी नीतिको विकास तथा राष्ट्रसङ्घको मानव सुरक्षा इकाइलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री जोशीले नेपालमा बसाइँसराइको विद्यमान अवस्थाका बारेमा चित्रण गर्नुका साथै यसमा नेपाल सरकारले गरेका मुुख्य कामका बारेमा जानकारी गराएकाे उनका प्रेस सल्लाहकार प्रदीप चापागाईंले जानकारी दिए ।

nabindra raj joshi

विशेष